Today's share price

As of 2010-10-05    14:58:39       ABBL 125       ADBL 130       AFL 230      ALICL 232       BDBL 157      BJFL 166       BLDBL 321       BOAN 268       BOK 557       CDBL 193       CEDBL 241       CFL 238       CHCL 900       CZBIL 295       DCBL 226       EBL 1,075       GBL 225       GDBNL 220       HBBL 155       HBL 689       ICFC 241       IDBL 141       IMEFI 435       JFL 290       KAFIL 232       KBL 346       KDBL 177       KIST 198       KMBSL 186       LBFIL 175       LFC 318       LFLC 265       LUBL 252       MBL 241       MDB 165       MKDBL 114       NABIL 1,419       NBB 198       NCCB 194       NDEP 153       NFS 250       NHPC 45       NIB 605       NICB 510       NLBBL 487       NLIC 629       NMB 250       NTC 435       PBSL 155       PCBL 464       PDB 120       PFL 234       PLIC 199       PRFL 257       RBS 1,482       RIBSL 395       SBI 661       SBL 305       SBSL 147       SCB 2,175       SEWA 221       SLICL 152       SMBF 232       SRBL 227       STFL 135       TBBL 275       UIC 275       UNL 4,750       VBBL 220

Saturday, October 2, 2010

सनराइज महेन्द्रनगर र सुख्खडमा Sep 25 Posted by crazybull Filed in Nepal Stock सनराइज बैंकले कञ्चनपुरको महेन्द्रनगर र कैलालीको सुख्खडमा नयाँ शाखा खोलेको छ । यीसमेत गरी बैंकको शाखा संख्या ४७ पुगेको छ । महेन्द्रनगर शाखाको कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष हेमविक्रम थापा र सुख्खड शाखाको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश भण्डारीले उद्घाटन गरेका हुन् । बैंकले दुवै शाखामा एटीएम पनि जडान गरेको छ । सुख्खड क्षेत्रमा सनराइजकै एटीएम पहिलो हो । स्थानीय क्षेत्रमा साना एवं मझौला व्यवसाय प्रवद्र्घन गर्न शाखा विस्तार गरिएको बैंकका वरिष्ठ प्रबन्धक कमल गौतमले बताए । बैंकले स्वस्थ प्रतिस्पर्धी बैंकिङ प्रणाली विकास गर्न आगामी दिनमा पनि नयाँ क्षेत्र पहिचान गरी शाखा विस्तार गर्ने लक्ष्य लिएको उनको भनाइ थियो । बैंकले गत आवमा ३१ करोड रुपैयाँ सञ्चालन नाफा गरेको छ । यो नाफा अघिल्लो आवको तुलनामा १ सय ३६ प्रतिशतले बढी हो । सञ्चालनको ३५ महिना अवधिमा १ लाख २१ हजारभन्दा बढी ग्राहकलाई सेवा पु¥याएको बंैकले सनराइज फ्याट सेभिङस् अकाउन्ट नामक नयाँ बचत योजना सञ्चालनमा ल्याएको छ । यो खातामा वार्षिक १०.५० प्रतिशतसम्म दैनिक मौज्दातमा ब्याज दिइने बैंकले जनाएको छ । बैंकले हाल अनलाइन बैकिङ, चेक बुक, एसएमएस, एटीएम सेवा तथा एबीबीएस सुविधा दिँदै आएको छ । news source:karobardaily.com Comment now » एभरेस्टले बोनस सेयर र लाभांश दिने Sep 25 Posted by crazybull Filed in Nepal Stock एभरेस्ट बैंकको बिहीबार सम्पन्न १६ औं साधारणसभाले सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर र ३० प्रतिशत नगद लाभांश दिने सञ्चालक समितिको निर्णय पारित गरेको छ । सभाले बैंकको वार्षिक प्रतिवेदन पनि पारित गरेको छ । बैंकले गत आवमा ८३ करोड १८ लाख खुद नाफा गरेको थियो, जुन अघिल्लो आवको तुलनामा ३०.२० प्रतिशतले धेरै हो । बैंकले अघिल्लो आवमा ६३ करोड ८७ लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत आवमा निक्षेप संकलनमा १०.८३ प्रतिशत र कर्जामा १५.०७ प्रतिशतले वृद्धि भएको उसले बताएको छ । बैंकले अघिल्लो आवको तुलनामा सञ्चालन नाफा २६.६ प्रतिशतले वृद्धि गरी १ अर्ब ३४ करोड ९१ लाख रुपैयाँ पु¥याएको थियो । अघिल्लो आवमा १ अर्ब ६ करोड ६० लाख रुपैयाँ सञ्चालन नाफा थियो । त्यस्तै, गत आवमा बैंकको प्रतिसेयर आम्दानी ९९.९९ रुपैयाँ रहेकोमा अहिले बढेर १००.१६ रुपैयाँ पुगेकोे छ । बैंकले गत आवमा प्रवाह गरेको कुल कर्जामा खराब कर्जाको अंश ०.१६ प्रतिशत थियो, जबकि अघिल्लो आवमा यो ०.४८ प्रतिशत थियो । बैंकले बिनाशाखा टेलिफोनको माध्यमबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बाग्लुङका पश्चिम आठ, भक्तपुरका पाँच, बाँकेका छ र झापाका ११ गाउँमा यो सुविधा दिइएको बैंकले जनाएको छ । बैंकले हाल ३७ शाखाबाट बैंकिङ सुविधा प्रदान गर्दै आएको छ । (news source: karobardaily.com) Comment now » पूर्णिमाको तेस्रो शाखा विस्तार Sep 25 Posted by crazybull Filed in Nepal Stock पूर्णिमा विकास बैंकले तेस्रो शाखा रुपन्देहीको शंकरनगरमा खोली कारोबार सुरु गरेको छ । शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक भैरहवाका व्यवस्थापक डा. विष्णुप्रसाद गौतमले बिहीबार गरेका हुन् । समारोहमा बोल्दै गौतमले बैंकहरू सहरकेन्द्रित भएकाले देशको कुल जनसंख्याको दुईतिहाइले अझै पनि बैंकिङ सेवा पाउन नसकेको बताए । बैकले नयाँ बचत योजना श्रमजीवी बचत खाता सञ्चालनमा ल्याएको छ । न्यून आय भएका मजदुर र कामदार वर्गलाई लक्षित गरी ल्याइएको यो योजनामा १ सय रुपैयाँमा खाता खोल्न सकिन्छ । दैनिक मौज्दातमा वार्षिक ९ प्रतिशत ब्याज दिइने र निःशुल्क एटीएम कार्ड तथा अन्तरबैंकिङ सेवा प्रदान गरिने प्रमुख कार्यकारी अधिकृत सुरेश ज्ञवालीले जानकारी दिए । शाखा सुरु गरेको अवसरमा १५ दिनका लागि जुनसुकै मुद्दती खाताका निक्षेपकर्तालाई ०.५ प्रतिशत अतिरिक्त ब्याज प्रदान गरिने बैंकले जनाएको छ । रुपन्देहीको सिद्धार्थनगरमा प्रधान कार्यालय रहेको बैंकले परासी र रुपन्देहीको भलबारीमा दुई शाखा सञ्चालनमा ल्याइसकेको छ । बैंकको चुक्ता पुँजी ७ करोड छ । (News source:karobardaily.com) Comment now » सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको संचालक समितिको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०६६/०६७ Sep 25 Posted by crazybull Filed in Nepal Stock बैंकिङ क्षेत्रपरिसूचक बैंकिङ क्षेत्रपरिसूचक आ.व २०६६/६७ सम्ममा वाणिज्य बैंकहरुको साधनको प्रमुख स्रोतको रुपमा रहेको निक्षप परिचालन ६.३ प्रतिसत (रु.३४ अर्ब ५७ करोड) ले बढी २०६६ वैशाखमसान्तमा रु.५८४ अर्ब ४० करोड पुगेको छ। अघिल्लो वर्षको यसै अवधिमा वाणिज्य बैंकहरुको कुल निक्षेप परिचालन २०.९ प्रतिशत (रु ८८ अर्ब २६ करोड)ले बढेको थियो। कर्जा तथा लगानी १४.१ प्रतिशत (रु. ७३ अर्ब २५ करोड) ले बढी वैशाखमसान्तमा रु.५९१ अर्ब ८४ करोड पुगेको छ। यस अवधिमा वाणिज्य बैंकहरुको निजी क्षेत्रतर्फको कर्जा १७.२ प्रतिशत (रु. ६९ अर्ब ५१ करोड)ले बढेको छ। अधिल्लो बर्षको वर्षको सोही अवधिमा उक्त क्षत्रतर्फको कर्जा २७ प्रतिशत (रु.८३ अर्ब ५ करोड)ले बढेको थियो। निजी क्षेत्रतर्फको कर्जा मध्ये उत्पादनमूलक क्षेत्रतर्फको कर्जा १२.१ प्रतिशत (रु.१० अर्ब ६५ करोड)ले बढेको छ। घरजग्गातर्फको कर्जा अघिल्लो वर्षको ११ महिनासम्मा रु. ११ अर्ब ७५ करोडले विस्तार भएकोमा समीक्ष्य अवधिमा रु. १८ अर्ब १३ करोडले बढेको छ। शोधनान्तर धाटा र साधन स्रोतको तुलनामा कर्जा प्रवाहको वृद्धिदर उच्च रहेकोले वाणिज्य बैंकहरुको तरल सम्पत्ति २०६६ वैशाख मसान्तमा रु. १७८ अर्ब ४६ करोड रहेको छ। तरल सम्पत्तिका अंशहरुमध्ये तरल कोष समीक्ष्य अवधिमा ८.३ प्रतिशतले धटेको छ। वाणिज्य बैंकहरुको नेपाल राष्ट्र बैंक तथा विदेशमा रहेको मौज्दातमा कमी आएकोले तरल कोष घटेको हो। समीक्ष्य अवधिमा वाणिज्य बैंकहरुको विदेशी मौज्दात रु. ४ अर्व ८ करोडले धटी रु. ४९ अर्ब ३३ करोड हुन अएको छ। बैंकको वित्तीय स्थिति आर्थक वर्ष २०६५/६६ र आर्थिक २०६६/६७ मा यस बैंकको वित्तिय स्थितिको तुलात्मक विवरण देहायबमोजिम रहेको छ। (रु. १००० मा) शिर्षक २०६५/६६ २०६६/६७ वृद्धि प्रतिशत कूल सम्पत्ती १२,९६,६०,७४ १६,५१,६८,८५ २७.३९ निक्षेप ११,५२,४४,२६ १४,२१,४४,८२ २३.३४ कर्जा अधिविकर्ष र खरीद तथा डिस्काउन्ट गरिएका विलहरु ८,२१,०२,१६ १०,९२,४८,८४ ३३.०६ लगानी २,०२,७३,३७ २,६८,०१,६८ ३२.२० खूद व्याज आम्दानी २४,९४,५४ ४४,७९,३२ ७९.५६ अन्य संचालन आम्दानी ६,७१,९८ १०,८२,५६ ६१.१० संचालन खर्च १३,१८,९१ १९,५०,९७ ४७.९२ संचालन मूनाफा १८,४४,८७ ३६,१०,९२ ९५.७२ खूद नाफा/(नोक्सान) ९,५८,१० १९,३५,६२ १०२.०३ पूँजीकोष अनुपात ११.६५% ११.४०% - Tags: 4th AGM of Citizen Bank International Limited Comment now » काठमाडौ फाइनान्स लिमिटेडका संस्थापक शेयरधनिहरुलाई सुचना Sep 25 Posted by crazybull Filed in Nepal Stock यस वित्तिय सस्थांको १५औ वार्षिक साधारणसभाबाट पारित भएको ३:१ हकप्रद शेयर जारी गर्ने सिलसिलामा नेपाल धितोपत्र बोर्डबाट विवरणपत्र स्वीकृत गराउन संस्थापक शेयरधनीहरुले पहिल्यै रकम जम्मा गर्न मिति २०६६/११/२३ र २०६६/१२/१२ मा नागरिक राष्टि्य दैनिक पत्रिकामा सार्वजनिक सुचना प्रकाशन गरेकोमा हाल सम्म पनि केही संस्थापकहरु रकम जम्मा गर्न बाँकी रहेकोले मिति २०६७/६/५ गते बसेको संचालक समितिको बैठकले हकप्रद शेयरको लागि अन्तिम पटक रकम दाखिल गर्न आव्हान गर्ने निर्णय गरेकोले मिति २०६७/६/१५ गते भित्र शेयर रकम दाखिल गरीसक्नु पर्नेछ । कुनै संस्थापक शेयरधनीहरुले उक्त मिति सम्ममा पनि आफूले खरिद गर्न पाउने सम्पूर्ण वा आंशिक हक खरिद गर्न नचाहेमा कम्पनी ऐन २०६३, धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०६५ तथा अन्य प्रचलित ऐन नियम एवं नेपाल राष्ट्र बैंकको निर्देशनको अधिनमा रहि अन्य व्यक्तिलाई हक हस्तानतरण लिखित रुपमा गर्न र प्रयोग दिन सक्नेछ। यदि लिखित रुपमा नदिएमा १५ गते पछि स्वत: लिन इन्कार गरेको मानिने यहि सूचनाबाट सूचित गरिन्छ। Comment now » AGM of Bank Of Asia Sep 25 Posted by crazybull Filed in Nepal Stock Date: 2067/07/14 ( as of 31 Oct 2010) Time: 11 AM Place: Amrit Bhog Complex, Kalikasthan, Dilli Bazar discussions: 10.53% cash dividend,annual report and so on. Book close: 2067/06/17 to 2067/07/14 1 Comment » ऐभरेष्ट बैंक लिमिटेडको साधारण शेयरमा परिणत हुने ७% अग्राधिकार शेयरको दर्ता पुस्तिका बन्द गरिने सम्बन्धी सुचना ।

यस बैकबाट जारी गरिएको साधारण शेयरमा परिणत हुने ७% अग्राधिकार शेयर जारी गर्दा प्रकाशित विवरण-पत्रको दफा २९ (ख५) मा उल्लेख भए बमोजिम उक्त शेयर हरेक ३-३ वर्षमा २०% का दरले साधारण शेयरमा करिणत गर्नुपर्ने प्रावधान अनुरुप यस बैंकको मिति २०६७ आश्विन ६ गते बसेको संचालक समितिको २०२ औ बैठकको निर्णय अनुसार सो प्रयोजनको लागि उक्त अग्राधिकार शेयरको दाखिल खारेजको काम यहि २०६७ साल आश्विन १४ गतेदेखि आश्विन १७ गते सम्म बन्द रहने ब्योहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ।