कृषि विकास बैंक खैरेनीटार शाखाले गत आवमा ४८ लाख नाफा गरेको छ । शाखा प्रबन्धक कृष्णप्रसाद आचार्यका अनुसार यो नाफा गत आवभन्दा बढी हो ।
बैंकले यो अवधिमा ४ सय ४८ सेवाग्राहीमा ५ करोड ६८ लाख लगानी गरिएको जनाएको छ । शाखाले त्यस क्षेत्रका करिब १ लाख १० हजार जनालाई बैंकिङ सेवा प्रदान गर्ने लक्ष्य राखेको आचार्यले बताए । भिमादमा २०३३ सालमा स्थापित शाखालाई सशस्त्र द्वन्द्वका क्रममा खैरेनीटार सारिएको थियो ।
२०२४ सालमा विकास बैंकको रुपमा स्थापित कृषि विकास बैंक २०६२ सालमा कम्पनीमा रुपान्तरण भएको थियो । हाल १३ अर्ब अधिकृत पुँजी भएको यो बैंक नेपालकै सबैभन्दा ठूलो बैंकका रुपमा स्थापित भएको छ । उसले साधारण बचतमा तीन र मुद्दती निक्षेपमा ११ प्रतिशतसम्म ब्याज दिने गरेको छ । बैंकमा ३ लाख सेयरधनीसहित करिब १२ लाख जनता आबद्ध भएको उसले बताएको छ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ४५ करोड खुद नाफा कमाएको थियो ।
बैंकले कास्कीको चिप्लेढुंगामा पनि शाखा विस्तार गरेको छ । यीसहित बैंकको शाखा संख्या १ सय १७ पुगेको छ । शाखा उद्घाटन गर्दै प्रमुख कार्यकारी अधिकृत श्यामसिंह पाण्डेले छ महिनाभित्र अनलाइन बैंकिङ सेवा सुरु गरिने जानकारी दिए । निजी बैंकहरु सहरी क्षेत्रमा मात्र केन्द्रित भएको भन्दै उनले कृषि विकास बैंक भने ग्रामीण क्षेत्रका जनतामा समर्पित भएको बताए ।
(news source:karobar daily)
No comments:
Post a Comment