साधारण भाषामा अप्सन अर्थात् छनोट भनिने कमोडिटी मार्केटमा आउने एउटा प्राविधिक पक्ष हो । यो दुई प्रकारको हुन्छ— एउटा ‘अमेरिकन अप्सन’, अर्को युरोपियन अप्सन । अमेरिकन र युरोयिन अप्सनमा केही भिन्नता रहेको पाइन्छ । तोकिएको निश्चित मितिमा मात्र प्रयोग गर्न सकिने अप्सनलाई युरोपियन अप्सन भनिन्छ । व्यापारिक स्तरीकरणको अभ्यास, जसमा एउटा मिति हुन्छ, जुन मिति भविष्यमा आउँछ त्यही समयमा प्रयोग गर्न पाइने मान्यतालाई युरोपियन अप्सन भनिन्छ भने अमेरिकन अप्सनमा तोकिएको मितिमा जुनसुकै समयमा प्रयोग गर्न सकिन्छ । भविष्यको निश्चित समयलाई तोकिए पनि त्यस समयभित्र प्रयोग गर्न पाइन्छ, यो व्यवस्था अमेरिकन अप्सनमा रहेको पाइन्छ । यी दुई अप्सनलाई हामी सेयर र कमोडिटी बजारमा प्रयोग गर्न सक्छौँ ।
साधारण तथा सम्पत्तिको किनबेच गर्न पाउने अधिकारका आधारमा अप्सनलाई ‘कल’ र ‘पुट’ मा बुझ्नुपर्ने हुन्छ । ‘कल अप्सन’ दुई पक्षबीचको सम्झौता हो, जसमा एक पक्षले अर्को पक्षलाई तोकिएको सम्पत्ति तोकिएको मूल्यमा भविष्यमा किन्न पाउने अधिकार दिएको हुन्छ । यसमा क्रेताको आशा भविष्यमा वस्तु र सम्पत्तिको मूल्य बढ्न सक्छ वा बढ्ने देखिएको छ भन्ने बुझिन्छ, जस्तो कि अलैँचीको मूल्य यो वर्षभन्दा अर्को वर्षमा बढ्ने देखियो भने क्रेताले कल अप्सन प्रयोग गर्न सक्छन् । यसरी तोकिएको मूल्यभन्दा बजार मूल्य घटबढ हुन सक्ने परिस्थितिमा वस्तु वा सम्पत्तिको मूल्य बढेमा क्रेतालाई फाइदा हुन्छ । त्यस्तै गरेर तोकिएको सम्पत्ति तोकिएको मूल्यमा भविष्यको कुनै तोकिएको समयमा आफूलाई बिक्री गर्न पाउने अधिकार दोस्रो पक्षलाई दिइएको छ वा दिइएको अवस्थालाई ‘पुट अप्सन’ बुझिन्छ । भविष्यमा वस्तुको मूल्य घट्छ भन्ने आशा भएमा ‘पुट अप्सन’ प्रयोग गर्न सकिन्छ ।
दुवै अप्सन कारोबार गर्दा वा सम्झौता गर्दा विक्रेताबाट निश्चित शुल्क लिइन्छ, जसलाई ‘अप्सन प्रिमियम’ भनिन्छ । त्यसकारण अप्सनमा क्रेतालाई छनौट हुन्छ भने विक्रेतालाई बाध्यकारी हुन्छ । तोकिएको मूल्यलाई स्ट्राइक वा अभ्यास मूल्य भनिन्छ । विशेषतः यस अप्सनमा वस्तुको र समयको महत्व बढी हुन्छ । कमोडिटी र डेरिभेटिभ बजारमा कल र पुट अप्सनलाई विशेष ख्याल गर्नुपर्छ । अप्सनमा कमोडिटी मात्र होइन, यसले सेयरबजारमा पनि त्यत्तिकै महत्वपूर्ण भूमिका खेलेको हुन्छ । उदाहरणमा हामी हेर्न सक्छौँ, कुनै ‘क’ भन्ने व्यक्तिसँग ‘ख’ भन्ने व्यक्तिले अप्सनमा करार सम्झौता गर्न सक्छ, कुनै कम्पनीको १ सय कित्ता सेयर वैशाख ५ गते १ सय २५ का दरले किन्ने सम्झौता गर्न सक्छ । अहिले बजारमा यस कम्पनीको बजार मूल्य १ सय ३० भएको बेला ‘ख’ भन्ने व्यक्तिले स्वतः १ सय २५ कै दरमा त्यस कम्पनीको सेयर खरिद गर्न पाउने हुन्छ । यसरी ५ वैशाखमा सेयरको मूल्य घटेर आउने हो भने ‘ख’ भन्ने मान्छेले खरिद गरेको अवस्थामा अलि नाफा कमाउने अवसर आउँछ । यसरी खुला बजारमा खरिदकर्ताले भविष्यमा वस्तु घट्ने वा बढ्ने अवस्थामा नाफा–नोक्सानलाई मूल्यांकन गरी खरिद बिक्री गर्न सक्छन् । त्यस तोकिएको समयमा वस्तुको मूल्य खरिद भएन भने स्वतः जसको नाममा सेयर छ, उसकै नाममा रहन्छ । यही अवस्थामा ‘ख’ भन्ने मान्छेले वस्तुको सेयर मूल्य भविष्यमा १ सय ३० पुग्दा खरिद गर्ने कुरा गरी खुला बजारमा उक्त ‘क’ बाटै किन्छ, त्यहाँ पनि बिक्री हुने सम्झौता भएको मानिन्छ । त्यसकारण रु. १ सय २५ अभ्यास मूल्य मानिन्छ र रु. ५ लाई नाफा घाटाको अवस्थामा आउने अनुपात बुझिन्छ ।
खुला व्यापारमा यसले दिने फाइदा लगानीकर्तालाई हो, त्यसले उसको जोखिममा न्यूनीकरण गर्न सहयोग गर्छ । बिमा पोलिसी मिलाउन सहयोगी रहन्छ । नाफालाई मिलान गरेर लगानी कर्तालाई दोस्रो बजारमा जान व्यवसायिकता दिन्छ । खरिदकर्तालाई सेयर संख्या दिन्छ भने विक्रेतालाई छनोट मिल्छ, तर यहाँ बुझ्नैपर्ने छनोट पद्धति छान्दा नाफा निश्चित र जोखिम पनि निश्चित मात्र हुन्छ । यस मार्केटमा जो जोखिम उठाउन चाहने र जोखिमबाट टाढा रहन चाहनेबीचको सम्बन्ध पनि भनेर बुझ्न सकिन्छ ।
यसले क्रेताको चाहना आफूले अध्ययन गरेको विश्लेषण सही बनाई नाफालाई बढाएर व्यापारमा विस्तार गर्न चाहनेलाई उपयोगी हुन्छ भने विक्रेतालाई जोखिमको प्रवाह हस्तान्तरण हुन्छ । साथै बजारलाई दुई पक्षबीचको व्यापारिक अवरोधहरूलाई पन्छाउन तथा व्यापारिक शुद्धता र राज्यलाई करको व्यवस्था गर्न सजिलो बन्छ । यस बजारमा व्यापारी चलखेलबाट बुझ्नुपर्ने आफ्नो व्यापारको व्यापारिक अवस्था तरलता विश्वबजारको परिवर्तीय रूप आदि महत्वपूर्ण हुन्छ ।क्रेताको चाहना आफूले अध्ययन र विश्लेषण सही बनाइ नाफामा नाफाको वृद्धि गराउन चाहन्छ भने विक्रेताले स्वामित्व हस्तान्तरण गरी आफ्नो जोखिम अर्कैसँग हस्तान्तरण गरेको हुन्छ । यो डेरिभेटिभ कमोडिटी र सेयर बजारका ब्रोकर र ब्रोकर हाउसको चलखेलबाट लगानीकर्ताले बजारमा आउने बजारको चलखेलबाट बुझ्नुपर्ने हुन सक्छ । अप्सनको प्रयोग विशेषत पब्लिक स्टक एक्स्चेन्ज, इन्डेक्स ब्रोकर र ब्रोकर हाउसमा हुन्छ भने दुई पाटी मिलेर गरिने व्यापारहरूमा तथा दुई पार्टीबीचको व्यापारिक अवस्थामा लागू गर्न सकिन्छ । जसलाई ओटीसी पनि भन्न सकिन्छ । ओटीसी मार्केटमा दुई वा सोभन्दा बढी व्यापारिक व्याक्ति समावेश हुन सक्छन्, जसका कारण बजारमा आउने तरलता मूल्यमा आउने भिन्नता थाहा पाउन सजिलो हुन्छ । खुला व्यापारिक संस्थाहरूमा स्ट्यान्डर्ड छनोट चाहिँ डेरिभेटिभ कमोडिटी सेयर बोन्ड लाभांश खरिद–बिक्री बजार नै हो । खास केही नियम र अवरोध हुने कारणहरूमा राज्यको मौद्रिक नीति, कानुन र नियमले पनि बाँधेको हुन्छ, जसलाई स्तरीकरण वा स्थनीयकरण भनिन्छ । यी अवस्था अमेरिकी र युरोपियन दुवै अप्सनमा प्रयोग हुन्छ ।
योबाहेक, अर्को अप्सन पनि चलनचल्तीमा छ, जसलाई ‘इन्डेक्स अप्सन’ भनिन्छ, जसले वस्तुको मूल्यको युरोपियन अभ्यासमा लिएको हुन्छ, जहाँ तोकिएको मूल्य हुन्छ । ब्याजदर, क्षेत्राधिकार, मात्रा, लाभांश तथा ब्ल्याक र स्केल मोडलमा प्रिमियमको पनि हिसाबकिताब गरिन्छ । नगद र बजार मूल्यमा आउने भिन्नतालाई ध्यान दिनुपर्छ, जस्तो तत्काल मूल्य, ब्याजदर, लाभांश, परिवर्तन हुन सक्ने मूल्य, वस्तुको सम्झौता सकिने मूल्य, समय र बजारको क्षेत्राधिकार आउँछन् । जस्तो ब्याजदर बढेमा बजारमा भएको वस्तुको रेटमा फरक आउन सक्छ । मुद्रामा परिवर्तीय मूल्य फरक आउने हुन्छ ।
अप्सन कमोडिटी र स्टक बजारका लागि अपरिहार्यजस्तो हुन आउँछ । नेपाली परिवेशलाई मध्यनजर गर्दा सेयरबजारमा अप्सन प्रयोग गर्न सकिन्छ तथा कमोडिटी बजारमा अनि दुई पार्टी व्यापारिक प्रयोजनमा यस्ता अभ्यासको प्रचलन परम्परागत रूपमा भए पनि एउटा कानुनी तथा नियम र संस्थागत रूपमा गर्नलाई सरकारले कदम चाल्दा सबै पक्षलाई फाइदा तथा कालाबजारी व्यापारिक गुटबन्दी तथा अनैतिक व्यापार हटाउन सकिन्थ्यो ।
(news source: karobar daily)
1 comment:
This Information is really good and informative. Thanks for it.
Check below links and get useful information.
AAA Technologies IPO
Post a Comment