इन्टरनेसनल डेभलपमेन्ट बैंकले बुधबार बौद्धमा ११ औं शाखा खोली कारोबार सुरु गरेको छ । यो शाखाबाट पनि निःशुल्क अन्तरबैंकिङ र एटीएम सुविधा उपलब्ध हुने बैंकले जनाएको छ । यहाँबाट बिहान ९ः४५ देखि साँझ ६ बजेसम्म बैंकिङ कारोबार गर्न सकिनेछ ।
हाल बैंकले ‘स्मार्ट बिजनेस लोन’ योजना सञ्चालनमा ल्याएको छ । यो योजनाअन्तर्गत कर्जा लिनेबाट वार्षिक १२.९९ प्रतिशत लिइने उसले बताएको छ । बैंकले ‘माइती बचत खाता’ मा १ हजार रुपैयाँमा खाता खोल्दा निःशुल्क लकर सुविधा, वार्षिक १० प्रतिशतसम्म ब्याज तथा एउटा गिफ्ट ह्याम्पर पनि दिने जनाएको छ ।
बैंकले गत आवमा ३ अर्ब निक्षेप संकलन गरी २ अर्ब ३५ करोडको रुपैयाँ कर्जा प्रवाह गरेको छ । त्यस्तै, गत आवमा ५ करोड ६५ लाख रुपैयाँ सञ्चालन नाफा भएको छ । बैंकले प्रत्येक वर्ष १०–१० वटा शाखा विस्तार गरी पाँच वर्षभित्रमा ५० शाखा पु¥याउने लक्ष्य लिएको बताएको छ ।
news source: karobardaily.com
No comments:
Post a Comment