सनराइज बैंकले कञ्चनपुरको महेन्द्रनगर र कैलालीको सुख्खडमा नयाँ शाखा खोलेको छ । यीसमेत गरी बैंकको शाखा संख्या ४७ पुगेको छ ।
महेन्द्रनगर शाखाको कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष हेमविक्रम थापा र सुख्खड शाखाको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश भण्डारीले उद्घाटन गरेका हुन् । बैंकले दुवै शाखामा एटीएम पनि जडान गरेको छ । सुख्खड क्षेत्रमा सनराइजकै एटीएम पहिलो हो ।
स्थानीय क्षेत्रमा साना एवं मझौला व्यवसाय प्रवद्र्घन गर्न शाखा विस्तार गरिएको बैंकका वरिष्ठ प्रबन्धक कमल गौतमले बताए । बैंकले स्वस्थ प्रतिस्पर्धी बैंकिङ प्रणाली विकास गर्न आगामी दिनमा पनि नयाँ क्षेत्र पहिचान गरी शाखा विस्तार गर्ने लक्ष्य लिएको उनको भनाइ थियो ।
बैंकले गत आवमा ३१ करोड रुपैयाँ सञ्चालन नाफा गरेको छ । यो नाफा अघिल्लो आवको तुलनामा १ सय ३६ प्रतिशतले बढी हो । सञ्चालनको ३५ महिना अवधिमा १ लाख २१ हजारभन्दा बढी ग्राहकलाई सेवा पु¥याएको बंैकले सनराइज फ्याट सेभिङस् अकाउन्ट नामक नयाँ बचत योजना सञ्चालनमा ल्याएको छ । यो खातामा वार्षिक १०.५० प्रतिशतसम्म दैनिक मौज्दातमा ब्याज दिइने बैंकले जनाएको छ । बैंकले हाल अनलाइन बैकिङ, चेक बुक, एसएमएस, एटीएम सेवा तथा एबीबीएस सुविधा दिँदै आएको छ ।
news source:karobardaily.com
No comments:
Post a Comment