क्लिन इनर्जी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको आइतबार सम्पन्न सञ्चालक समिति बैंठकले गरेको निर्णय आगामी साधारणसभा तथा नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि कार्यान्वयन हुनेछ ।
बैंकले गत आवमा ४ करोड ४४ लाख ९८ हजार रुपैयाँ खुद नाफा गरेको थियो । हाल ५२ करोड ११ लाख ३२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको सञ्चित कोषमा ६ करोड ५६ लाख ७४ हजार रुपैयाँ छ । बैंकले गत आवमा ४ अर्ब १० करोड ८६ लाख रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ३१ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो । सो अवधिमा उसले २५ करोड १ लाख रुपैयाँ ऋण तथा सापट लिई ६५ करोड ९९ लाख रुपैयाँ विभिन्न क्षेत्रमा लगानी गरेको थियो ।
यो अवधिमा बैंकले प्रवाह गरेको कुल कर्जामा खराब कर्जाको अंश ०.०४ प्रतिशत र कस्ट अफ फन्ड ९.२६ प्रतिशत थियो । गत आवमा बैंकको कर्जा–निक्षेप अनुपात ७४.४७ प्रतिशत थियो ।
(news source; karobardaily)
No comments:
Post a Comment