नेपाल धितोपत्र बोर्डले सानिमा विकास बैंकलाई १ अर्ब २० करोड ९६ लाख रुपैयाँबराबरको १ करोड २० लाख ९६ हजार कित्ता हकप्रद सेयर निष्कासनका लागि आइतबार अनुमति दिएको छ । बैंकले हाल कायम रहेका पुँजीमा १ः१.५ को अनुपातमा हकप्रद सेयर जारी गर्ने अनुमति पाएको हो ।
८० करोड ६४ लाख रुपैयाँ रहेको चुक्ता पुँजी सेयर निष्कासनपछि २ अर्ब १ करोड ६० लाख रुपैयाँ पुग्नेछ । बैंकले अनुमति पाएको दुई महिनाभित्र सेयर निष्कासनको प्रक्रिया सुरु गरिसक्नु पर्नेछ । बैंकले यसका लागि नागरिक लगानी कोषलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
स्तरोन्नति गरी वाणिज्य बैंकको रुपमा रुपान्तरित हुन पुँजी वृद्धिको उद्देश्यले हकप्रद सेयर निष्कासन गर्न लागिएको बैंकले जनाएको छ ।
(news source:karobar daily)
No comments:
Post a Comment