ओम फाइनान्स अब विकास बैंकमा परिणत हुने भएको छ । फाइनान्सका महाप्रबन्धक बुद्धि मल्लले राष्ट्रियस्तरको विकास बैंकमा परिणत गर्न विभिन्न पूर्वाधार विकास तथा विस्तारको प्रक्रिया सुरु भइसकेको बताएका छन् ।
१ करोड चुक्ता पुँजीबाट सुरु भएको फाइनान्सले ११ औं वर्षमा प्रवेश गर्दासम्म १ अर्ब ६८ करोड निक्षेप संकलन तथा १ अर्ब ५८ करोड कर्जा प्रवाह गर्न सफल भएको जानकारी मल्लले दिए ।
२०५७ सालमा पोखराबाट कारोबार थालेको फाइनान्सले देशभरका सात स्थानमा शाखा विस्तार गरिसकेको छ, जसको मुख्य कार्यालय पोखरामा छ । काठमाडौं र भक्तपुरमा शाखा विस्तारको काम अन्तिम चरणमा पुगेको मल्लले बताए । “हामी फाइनान्सकै रुपमा रहे पनि क्षेत्रीय विकास बैंकभन्दा बढी पुँजी छ हामीसँग,” उनले भने । फाइनान्सका विभाग प्रमुख कृष्ण बरालले विभिन्न स्थानमा शाखा खोली आधुनिक बैंकिङ सेवा दिइएको बताए ।
news source ; karobardaily.com
No comments:
Post a Comment