एभरेस्ट बैंकको बिहीबार सम्पन्न १६ औं साधारणसभाले सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर र ३० प्रतिशत नगद लाभांश दिने सञ्चालक समितिको निर्णय पारित गरेको छ । सभाले बैंकको वार्षिक प्रतिवेदन पनि पारित गरेको छ ।
बैंकले गत आवमा ८३ करोड १८ लाख खुद नाफा गरेको थियो, जुन अघिल्लो आवको तुलनामा ३०.२० प्रतिशतले धेरै हो । बैंकले अघिल्लो आवमा ६३ करोड ८७ लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत आवमा निक्षेप संकलनमा १०.८३ प्रतिशत र कर्जामा १५.०७ प्रतिशतले वृद्धि भएको उसले बताएको छ ।
बैंकले अघिल्लो आवको तुलनामा सञ्चालन नाफा २६.६ प्रतिशतले वृद्धि गरी १ अर्ब ३४ करोड ९१ लाख रुपैयाँ पु¥याएको थियो । अघिल्लो आवमा १ अर्ब ६ करोड ६० लाख रुपैयाँ सञ्चालन नाफा थियो । त्यस्तै, गत आवमा बैंकको प्रतिसेयर आम्दानी ९९.९९ रुपैयाँ रहेकोमा अहिले बढेर १००.१६ रुपैयाँ पुगेकोे छ । बैंकले गत आवमा प्रवाह गरेको कुल कर्जामा खराब कर्जाको अंश ०.१६ प्रतिशत थियो, जबकि अघिल्लो आवमा यो ०.४८ प्रतिशत थियो ।
बैंकले बिनाशाखा टेलिफोनको माध्यमबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बाग्लुङका पश्चिम आठ, भक्तपुरका पाँच, बाँकेका छ र झापाका ११ गाउँमा यो सुविधा दिइएको बैंकले जनाएको छ । बैंकले हाल ३७ शाखाबाट बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।
(news source: karobardaily.com)
No comments:
Post a Comment