धितोपत्र बजारमा शेयर दलाल प्रयोजनको लागि यस नेपाल स्टक एक्सचेन्ज लि. (नेप्से) मा दरखास्त दिएका संगठित कम्पनीहरुलाई दलाल व्यवसायी ईजाजतका लागि सिफारिश छनोट विधिमा उल्लेखित योग्यता हालसम्म पनि कायम रहेको प्रष्ट हुने गरी स्वघोषणा गर्न र चेकलिष्ट सहितको प्रतिवद्धता फाराम सहित यस लि. मा सर्म्पर्क राख्न प्रथम पटक मिति २०६७।४।२५ गते विभिन्न पत्रपत्रिकाहरु मार्फ सूचित गरिए वमोजिम सर्म्पर्कमा आएका कम्पनीहरुको स्वघोषणा र प्रतिवद्धता फारामहरुका साथ प्राप्त विवरण एवं कागजातहरु अध्ययन गरी प्रकृया अगाडि वढाउने कार्यमा यस लि. तदारुकताका साथ कार्यरत रहिरहेको व्यहोरा जानकारी गर्राईन्छ । साथै यस लि. को दलाल व्यवसायी छनोट विधि एवं मापदण्ड वमोजिम योग्य रहेका आवेदकहरुको मिति २०६७।६।२३ गते हुने वस्तुगत परीक्षामा सामेल हुने प्रयोजनको लागि योग्य आवेदकहरुको अन्तिम नामावली प्रकाशित गर्दा परीक्षा हुने स्थान तथा प्रवेश पत्र वितरण हुने मिति पछि सूचना प्रकाशित गरी जानकारी गर्राईने व्यहोरा सम्वन्धित सवैको जानकारीका लागि अनुरोध गरिन्छ ।
नेपाल स्टक एक्सचेन्ज लि.
सिंहदरवार प्लाजा, काठमाण्डौ ।
फोन नं. ४२५०७५९
स्रोत: नेपाल स्टक डट कम
नेपाल स्टक एक्सचेन्ज लि.
सिंहदरवार प्लाजा, काठमाण्डौ ।
फोन नं. ४२५०७५९
स्रोत: नेपाल स्टक डट कम
No comments:
Post a Comment