आ.व २०६६/६७ सम्ममा वाणिज्य बैंकहरुको साधनको प्रमुख स्रोतको रुपमा रहेको निक्षप परिचालन ६.३ प्रतिसत (रु.३४ अर्ब ५७ करोड) ले बढी २०६६ वैशाखमसान्तमा रु.५८४ अर्ब ४० करोड पुगेको छ। अघिल्लो वर्षको यसै अवधिमा वाणिज्य बैंकहरुको कुल निक्षेप परिचालन २०.९ प्रतिशत (रु ८८ अर्ब २६ करोड)ले बढेको थियो। कर्जा तथा लगानी १४.१ प्रतिशत (रु. ७३ अर्ब २५ करोड) ले बढी वैशाखमसान्तमा रु.५९१ अर्ब ८४ करोड पुगेको छ। यस अवधिमा वाणिज्य बैंकहरुको निजी क्षेत्रतर्फको कर्जा १७.२ प्रतिशत (रु. ६९ अर्ब ५१ करोड)ले बढेको छ। अधिल्लो बर्षको वर्षको सोही अवधिमा उक्त क्षत्रतर्फको कर्जा २७ प्रतिशत (रु.८३ अर्ब ५ करोड)ले बढेको थियो। निजी क्षेत्रतर्फको कर्जा मध्ये उत्पादनमूलक क्षेत्रतर्फको कर्जा १२.१ प्रतिशत (रु.१० अर्ब ६५ करोड)ले बढेको छ। घरजग्गातर्फको कर्जा अघिल्लो वर्षको ११ महिनासम्मा रु. ११ अर्ब ७५ करोडले विस्तार भएकोमा समीक्ष्य अवधिमा रु. १८ अर्ब १३ करोडले बढेको छ। शोधनान्तर धाटा र साधन स्रोतको तुलनामा कर्जा प्रवाहको वृद्धिदर उच्च रहेकोले वाणिज्य बैंकहरुको तरल सम्पत्ति २०६६ वैशाख मसान्तमा रु. १७८ अर्ब ४६ करोड रहेको छ। तरल सम्पत्तिका अंशहरुमध्ये तरल कोष समीक्ष्य अवधिमा ८.३ प्रतिशतले धटेको छ। वाणिज्य बैंकहरुको नेपाल राष्ट्र बैंक तथा विदेशमा रहेको मौज्दातमा कमी आएकोले तरल कोष घटेको हो। समीक्ष्य अवधिमा वाणिज्य बैंकहरुको विदेशी मौज्दात रु. ४ अर्व ८ करोडले धटी रु. ४९ अर्ब ३३ करोड हुन अएको छ।
बैंकको वित्तीय स्थिति
आर्थक वर्ष २०६५/६६ र आर्थिक २०६६/६७ मा यस बैंकको वित्तिय स्थितिको तुलात्मक विवरण देहायबमोजिम रहेको छ।
(रु. १००० मा)
शिर्षक | २०६५/६६ | २०६६/६७ | वृद्धि प्रतिशत |
कूल सम्पत्ती | १२,९६,६०,७४ | १६,५१,६८,८५ | २७.३९ |
निक्षेप | ११,५२,४४,२६ | १४,२१,४४,८२ | २३.३४ |
कर्जा अधिविकर्ष र खरीद तथा डिस्काउन्ट गरिएका विलहरु | ८,२१,०२,१६ | १०,९२,४८,८४ | ३३.०६ |
लगानी | २,०२,७३,३७ | २,६८,०१,६८ | ३२.२० |
खूद व्याज आम्दानी | २४,९४,५४ | ४४,७९,३२ | ७९.५६ |
अन्य संचालन आम्दानी | ६,७१,९८ | १०,८२,५६ | ६१.१० |
संचालन खर्च | १३,१८,९१ | १९,५०,९७ | ४७.९२ |
संचालन मूनाफा | १८,४४,८७ | ३६,१०,९२ | ९५.७२ |
खूद नाफा/(नोक्सान) | ९,५८,१० | १९,३५,६२ | १०२.०३ |
पूँजीकोष अनुपात | ११.६५% | ११.४०% | - |
No comments:
Post a Comment