कम्पनीहरूको नाफा कसरी गणना गर्ने ?
कम्पनीहरूले आव २०६६/६७ को अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरिरहेका छन् । विवरण प्रकाशनसागै सञ्चारमाध्यम, लगानीकर्ता र कम्पनीका तर्फबाट नाफा नोक्सानको घटबढ तथा धेरै र थोरै कमाउने कम्पनीको विश्लेषण पनि सुरु भइसकेको छ । यी विश्लेषणको अध्ययन गर्दा नाफाको घटबढ र कमबेसीका बारेमा लगानीकर्ता र केही सञ्चारकर्मीमाझ भ्रम देखिन्छ ।
नाफा नोक्सान विश्लेषण गर्दा एउटा अवधिको नाफा मात्र नहेरी सोही अवधिको अघिल्लो वर्षको नाफासाग तुलना गरिनुपर्छ । उदाहरणका लागि कुनै कम्पनीले आव २०६६/६७ मा १० करोड नाफा कमाएको तथ्यांक सार्वर्जनिक भएमा यसलाई धेरै वा थोरै भनिहाल्न मिल्दैन । यो नाफालाई अघिल्लो वर्षसाग तुलना गर्नुपर्छ । अघिल्लो वर्ष नाफा ८ करोड रहेछ भने १० करोड नाफा गत वर्षको तुलनामा २५ प्रतिशतले बढी हो ।
यो पुष्टि हुनका लागि कम्पनीको लगानी र सञ्चालन नाफा हेर्नु आवश्यक हुन्छ । मानौं अघिल्लो वर्ष कम्पनीको लगानी २५ करोड थियो तर यो वर्ष लगानी बढाएर ३५ करोड पुर्याएको रहेछ । कम्पनीको गत वर्षको लगानीमा नाफाको अनुपात (नाफा/ लगानी) ३२ प्रतिशत छ तर यो वर्ष २८ प्रतिशत मात्र छ । यसरी हेर्दा कम्पनीले यो वर्ष गत वर्षभन्दा कम नाफा आर्जन गरेको छ । यसको अर्थ नाफा बढ्न सकेको छैन । कम्पनीले गत अवधिभन्दा नाफा बढी कमाएको देखिनका लागि लगानीको अनुपातभन्दा बढीले नाफा बढाएको हुन आवश्यक छ । यसैलेे विशुद्ध नाफालाई मात्र तुलना गरेर घटबढको कुरा गर्दा भ्रम फैलाउने काम मात्र हुन सक्छ र यसका आधारमा गरिने लगानीको निर्णय गलत पनि हुन सक्छ ।
अर्कोतर्फ कम्पनीको नाफा नियमित सञ्चालन प्रक्रियाअन्तर्गत आर्जन भएको हो वा अन्य कुनै गैर सञ्चालन क्रियाकलाप जस्तो सम्पत्ति बिक्रीबाट वा खराब कर्जार् असुलीबाट प्राप्त भएको हो भन्ने कुरा छुट्याइनुपर्छ । गैर सञ्चालन नाफा नियमित नभई आक्कलझुक्कल मात्र पनि हुन सक्छ । उदाहरणका लागि नेपाल बंगलादेश बैंक, लुम्बिनी बैंकको नाफा दुई वर्षयता खराब कर्जा असुलीका कारण उच्च प्रतिशतले बढेको छ । यसैले कुल नाफाले भन्दा सञ्चालन नाफाले कम्पनीको वास्तविक कार्यसम्पादन देखाउँछ ।
यस्तै भ्रम कम्पनीबीच नाफाको तुलनामा पनि पाइन्छ । विभिन्न पत्रपत्रिकामा सबैन्दा बढी र कम नाफा कमाउने कम्पनीको क्रम निर्धारण गरेको प्रशस्तै पाइन्छ । जुन यथार्थभन्दा धेरै नै फरक भइरहेको हुन्छ । मानौं कम्पनी ‘क’ को नाफा २० हजार र ‘ख’ को नाफा ४० हजार छ । योे तथ्यांक अनुसार कम्पनी ‘क’ भन्दा कम्पनी ‘ख’ राम्रो छ किनकि यसको नाफा ‘क’ को भन्दा दोब्बर बढी छ । यसकै आधारमा कम्पनी ‘क’ ले बढी नाफा कमाएको हो भनिहाल्न सकिँदैन । जसको परीक्षण गर्न प्रतिसेयर आम्दानी (नाफा/सेयर संख्या) हेरिनुपर्छ । मानौं कम्पनी ‘क’ को सेयर संख्या २ हजार र ‘ख’ को ५ हजार रहेछ । जसका आधारमा ‘क’ ले एक सेयर बराबर १० रुपैयाँ नाफा कमाएको छ भने ‘ख’ ले मात्र ८ । यसैले यसअघि राम्रो देखिएको कम्पनी ‘ख’ अब कमजोर देखिएको छ किनकि यसको नाफा बढी भए पनि सेयर संख्या बढी भएका कारण एक सेयर बराबरको नाफा कम देखिएको छ । सरकारले नेपाल टेलिकमको सेयर बिक्री गर्दा सर्वसाधारणमा यो भ्रम राम्ररी देखियो, जुन अझै कायम छ । टेलिकमको नाफा धेरै देखिन्छ तर अत्यधिक सेयर संख्याका कारण प्रतिसेयर आम्दानी तुलनात्मक रूपमा कम छ । यसरी नै आव २०६५/६६ को नबिल बैंक र स्टयान्डर्ड चार्टर्ड बैंकको नाफाको तुलनामा यस्तै भ्रम व्याप्त पाइयो ।
तर अझै पनि प्रतिसेयर नाफालाई नै बढी र कम नाफा कमाउने कम्पनीको स्तर निर्धारण गर्ने अन्तिम औजारका रूपमा लिन भने सकिँदैन । कम्पनी ‘क’ को प्रतिसेयर आम्दानी बढी भए पनि यो एक सेयर बराबर कति लगानी भएर आएको नाफा हो भन्ने कुरा बुझ्न जरुरी हुन्छ । सेयरधनीले एक सेयर बराबर कम्पनीमा गरेको लगानी त्यसको प्रतिसेयर नेटवर्थले देखाउँछ । प्रतिसेयर नेटवर्थको लगानीमा कमाएको प्रतिसेयर आम्दानी कुन कम्पनीको बढी हो भन्नका लागि यी दुई तत्त्वबीचको सम्बन्धको गणना गर्नुपर्छ, जसलाई यहाा इक्विटीमा प्रतिफल (रिर्टन अन इक्विटी) (प्रतिसेयर आम्दानी/प्रतिसेयर नेटवर्थ) भनिन्छ । मानौं कम्पनी ‘क’ को प्रतिसेयर नेटवर्थ २०० छ जुन लगानीमा १० रुपैयाँ आम्दानी ५ प्रतिशत बराबर प्रतिफल हुन आउँछ तर कम्पनी ‘ख’ कोप्रति सेयर नेटवर्थ १२० छ, जसमा कम्पनीले ८ रुपैयाँ आम्दानी गरेकोे छ जुन ६.६७ प्रतिशत बराबर प्रतिफल हुन जान्छ । यो विश्लेषणअनुसार कम्पनी ‘ख’ राम्रो देखिएको छ । प्रतिसेयर आम्दानीका आधारमा राम्रो देखिएको कम्पनी यहाा कमजोर देखिएको छ ।
यसरी इक्विटीमा प्रतिफल कम्पनीको कार्यसम्पादनको मूल्यांकन गरी तीनको वर्गीकरण गर्न तथा नाफा बढाएको वा घटाएको छ भनेर मूल्यांकन गर्न प्रयोग गर्ने अन्तिम औजार हो । कम्पनीको नाफाको परिमाण बढ्दैमा नाफा वृद्धि भयो भनेर विश्लेषण गरिहाल्न मिल्दैन । वास्तविक नाफा बढ्नका लागि कम्पनीको इक्विटीमा प्रतिफल बढेको हुनुपर्छ । धेरै नाफा कमाउने कम्पनी भन्नका लागि इक्विटीमा प्रतिफल बढी हुन जरुरी छ । बजारमा धेरै नाफा कमाएका भनिएका कम्पनीको इक्विटीमा प्रतिफल कम देखिएको छ ।
कम्पनीमा व्यबस्थापनको लक्ष्य पनि इक्विटीमा प्रतिफल बढाउनु नै हुन्छ । इक्विटीमा प्रतिफल भएका कम्पनीले कमाएको नाफा लाभांशका रूपमा बाँड्नुभन्दा कम्पनीमै राख्नु उपयुक्त हुन्छ । जसका कारण कम्पनीको समग्र वृद्धि उच्च हुन्छ भने सेयरको मूल्य पनि बढ्छ । संसारकै तेस्रो धनी व्यक्ति वारेन बफेटले आफूले व्यवस्थापन गरेकोे कम्पनी वर्कसायर ह्याथवेको नाफा लाभांशका रूपमा कहिल्यै नबढ्ने नीति लिएका छन् । यसैकारण यो कम्पनीको सेयर मूल्य सन् २००७ डिसेम्बरमा १ लाख ५१ हजार डलर प्रतिसेयरसम्म पुग्यो । उनको लगानी नीति पनि इक्विटीमा उच्च प्रतिफल भएका कम्पनीमा लगानी गर्नु हो । यस्ता कम्पनीको लगानी सुरक्षा उच्च हुनुका साथै सेयर मूल्य बढ्ने सम्भावना त्यत्तिकै रहन्छ ।नेपालको सेयर बजारमा इक्विटीमा प्रतिफल उच्च भएका कम्पनीकै मूल्य बढी छ ।
कम्पनीले सेयर पुँजी बढाउँदै जाादा यो प्रतिफल घट्दै जाने सम्भावना बढी हुन्छ किनकि पुँजी वृद्धिका अनुपातमा कम्पनीले नाफा बढाउन सकिरहेको हुँदैन । आव २०६६/६७ मा वाणिज्य बैंकको नाफाको परिमाणमा १३ अर्ब ५० करोडबाट १४ अर्ब ३१ करोडमा वृद्धि भयो र यो समग्रमा ५.५ प्रतिशतको वृद्धि हो तर सोही अवधिमा वाणिज्य बैंकहरूको इक्विटीमा औसत प्रतिफल २७ प्रतिशतबाट २० प्रतिशतमा झरेको छ ।
प्रकाशित मिति: २०६७ भाद्र (news source: www.ekantipur.com)
लेखक को वेभ पेज:www.sharemarketnepal.com
www.srcs.blogspot.com
No comments:
Post a Comment