कारोबारमा सुधार भए पनि नेप्से परिसूचक भने घटेको छ । बिहीबार नेप्सेमा भएको कारोबार बुधबारको तुलनामा करिब २ करोड १५ लाख रुपैयाँले धेरै कारोबार भएको छ ।
बिहीबार नेप्सेमा स्ट्यान्डर्ड चार्टर्ड बैंकको अधिक कारोबार र पिपुल्स फाइनान्सको संस्थापक सेयरको कारोबारले समग्र नेप्सेको कारोबारमा सुधार आएको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा स्ट्यान्डर्ड चाटर्ड बैंकको सबैभन्दा धेरै रकम कारोबार भएको छ । साताको अन्तिम दिन बिहीवार नेप्सेमा बैंकको ६५ कारोबारबाट १ करोड ७ लाख ७० हजार रुपैयाँबराबरको ३ हजार ६ सय ९४ कित्ता सेयर खरिद–बिक्री भएको छ ।
नेप्सेमा एभरेस्ट बैंक परिवर्तित र पिपुल्स फाइनान्सको संस्थापक सेयरसहित कुल ७४ कम्पनीको १ हजार १ सय ६९ कारोबारबाट ४ करोड ३५ लाख रुपैयाँबराबरको १ लाख १ सय ६९ कित्ता सेयर खरिद–बिक्री भएको छ । यो कारोबार बुधबारको तुलनामा कारोबार कम्पनी, कारोबार संख्या, रकम र सेयर संख्या सम्पूर्णमा सुधार हो । बुधबार नेप्सेमा एभरेस्ट बैंक परिवर्तितसहित कुल ६४ कम्पनीको ८ सय ६८ कारोबारबाट २ करोड २२ लाख ५५ हजार रुपैयाँबराबरको ६३ हजार ४ सय ४० कित्ता सेयर खरिद–बिक्री भएको थियो ।
news source:karobar daily.
No comments:
Post a Comment